सवारी साधन गुड्दा कुकुर भुकिरहेको देख्नु भएको होला । यो देख्दा सवारीसाधन र कुकुरबीच केही पुरानो वैमनस्यता छ कि जस्तो लाग्छ । धेरै पटक कुकुरको भुकाइका कारण मोटरसाइकल चालक दुर्घटनाको शिकार पनि हुने गरेका छन् । मोटरसाइकल चलाउने व्यक्तिलाई टोक्न कुकुरहरू प्रायः भुक्ने र दौडिरहेको देखिन्छ । तपाईंले पनि यस्ता किसिमका समस्या भोग्नु भएको हुन सक्छ ।
कुकुरहरूको यो व्यवहारबाट बच्न एउटा तरिका छ । जसले तपाईंलाई कुकुरबाट बच्न मद्दत गर्न सक्छ ।
यदि तपाईं यस्तो अवस्थामा हुनुभयो भने मोटरसाइकल तीव्र चलाउनु हुँदैन, किनकि तपाईं दुर्घटनाको शिकार हुन सक्नुहुन्छ । तीव्र मोटरसाइकल कुदाउँदा कुकुरहरू बढी भुक्ने गर्छन् । यदि कुकुरहरू तपाईंको मोटरसाइकलको पछाडि दौडिरहेका छन् भने गतिलाई कम गर्नुहोस् वा रोक्नुहोस् र आरामसँग ड्राइभ गर्नुहोस् । यस्तोमा कुकुर भुक्न बन्द हुन सक्छ । यसबाहेक, यदि तपाईंले मोटरसाइकलको गति बढाउनुभयो भने कुकुरहरू झन् तपाईंको मोटरसाइकलको पछि दौडिन्छन् ।