नमस्कार सुरेन्द्र जी !
नमस्कार !!
आजभोलि के गर्दै हुनुहुन्छ ?
म पुरानै काममा छु । खासै अरु केही गर्न सकिएको छैन ।
तपाईको नयाँ नाटकको तयारी कस्तो हुदैछ ?
हाल नाटकबारे कुनै योजना छैन । सायद अब यो बर्ष कुनै पनि नाटक गर्दिन होला, आजभोली मा रंगमन्च बाहिरको काममा अलिक व्यस्त छु ।
तपाईले रंगमन्च छोड्नु भयो ?
रंगमन्च नै छोडेको हो भन्न चाही मिल्दैन । हाल अरु नै कामको व्यस्तताले केही समय नाटक बाट टाढा भएको हो ।
तपाईले गर्नु भएको अन्तिम नाटक कुन हो ?
मैले आफू कलाकार भएर गरेको अन्तिम नाटक ‘सेतो कपाल’ हो। त्यसपछी पनि नाटक त गरे तर निर्देशक , निर्माता , कास्टिङ निर्देशकको रुपमा रहेर काम गरे। फेरि कलाकार भएर नाटक गर्ने मन छ ।
अन्तिम प्रश्न, तपाईको विदेश जाने योजना छ कि छैन ?
आजभोलि परिस्थिति अलिक असहज भएको छ, कहिले काहीँ सब छोडेर बिदेश पलायन हौ जस्तो लाग्छ तर पनि घर परिवारको मायाले बाधेर राखेको छ । कहिले जान्छु त्यो यकिन गरेर भन्न सक्दिन यधपि ढिलो चाडो सबै छोडेर जाने योजना भने छ ।
यो समय को लागि धेरै धेरै धन्यवाद सुरेन्द्र जि । देशलाई तपाई जस्तो कलाकारको खाचो छ । आशा गर्छु कि तपाईलाई देशमै चम्किरहनु भएको देख्न पाउ, विदेश पलायन भएको देख्न नपाउ । सुभकामना !!
तपाईलाई पनि वृहत धन्यवाद, अफ्नो कुरा राख्ने मौका दिनु भएकोमा !!