काठमाडौं महानगरपालिकाले कोरोना भाइरसविरुद्ध खोप लगाउन छुटेका विद्यार्थीहरूहरूलाई खोप लगाउन भनेको छ। विद्यार्थीहरूलाई घर ठेगानामा सम्पर्क गरी आफ्नो नजिकको विद्यालय/स्वास्थ्य केन्द्रमा गई खोप लगाउन महानगरले आग्रह गरेको छ।
माघ १५-२० गतेसम्म अभियानको रूपमा विद्यालय खोप कार्यक्रम सञ्चालन गरीएको र यस अवधिमा हरेक विद्यालयहरूले खोप लगाएका विद्यार्थीहरूको विवरण अद्यावधिक गरी खोप लगाउन बाँकी विद्यार्थीलाई आग्रह गरेको हो।