आजकल पैसा कमाउने अनेक अनौठा तरिकाहरु सुन्न पाइन्छ । कसैले पूराना कपडा बेचेर लाखौँ कमाइरहेका हुन्छन् त कोहीले पूराना जुत्ता बेचिरहेका हुन्छन् । कसैले सुतेरै कमाइरहन्छन् भने कसैले अनलाइन गेम खेलेर पनि लाखौँ कमाउँछन् । केही मान्छेले त आफ्नो शोखलाई पैसा कमाउने माध्यम बनाएर पनि राम्रै आम्दानी गरिरहेका हुन्छन् । जर्मनीमा एकजना युवतीले चुइंगम चपाएरै महिनाको १ लाख रुपैयाँ भन्दा धेरै कमाइरहेकी छिन् । ३० वर्षकी जुलिया फोराटलाई चुइंगम चपाउने ठूलो शोख छ । उनले चुइंगम चपाउँछिन् र त्यसलाई फुलाउँछिन् अनि ठूला ठूला फोका बनाएर मोटो रकम कमाउँछिन् ।
ऋाखिर चुइंगम चपाएर तथा फुलाएर बेलुन बनाउँदैमा कसरी पैसा कमाइन्छ त ? वास्तवमा जुलियाले आफ्नो मुखमा एकसाथ २०।३० वटा बेलुन चपाउँछिन् र त्यसलाई फुलाएर बेलुन भन्दा पनि ठूला ठूला फोका बनाउँछिन् । उनी घरमा ओछ्यान वा सोफामा बसेर वा सुतेर केही मिनेटमै यस्तो काम गर्दछिन् र त्यसरी चुइंगम फुलाउँदा उनलाई आम्दानी हुन्छ ।
उनले एक पटकमा १० देखि ३० वटासम्म चुइंगमका टुक्रा मुखमा चपाएर फुलाउँदै ठूला ठूला फोका बनाउँछिन्। कतिपय फोका त उनको टाउको भन्दा पनि ठूला हुन्छन् । उनको यस्तो क्षमता मन पराउनेहरु बढ्दै गएपछि उनको आम्दानी पनि बढिरहेको छ । कतिपय फ्यानहरुले चुइंगमको प्रकार तथा फोकाको आकार आदिका विषयमा सिफारिस गरी पठाउँछन् र यसका लागि जुलियाले मागे अनुसारको पैसा दिन्छन् । जुलियाले पनि दर्शकको चाहना बमोजिम बेलुन फुलाएका भिडियो तयार पारेर अपलोड गर्दछिन् । जुलियाका अनुसार उनको फुलटाइम जागिर छैन् । उनीसँग आर्किटेक्चर, सिभिल इन्जिनियरिंग तथा मार्केटिङको डिग्री छ । तर डिग्री अनुसारको काम गरेर नभई चुइंगम चपाउने र फुलाउने आफ्नो शोखबाटै उनले मनग्गे आम्दानी गर्दै आएकी छिन् । एजेन्सीको सहयोगमा