‘द भेलोसिटी स्कूल’को आयोजनामा भएको गाईजात्रा महोत्सव २०८० समापन भएको छ । भाद्र १३ गते बुधबार मूलपानी, पिपलबोट स्थित द भेलोसिटी स्कूलमा संचालित गाईजात्रा महोत्सव २०८० भव्य रूपमा समापन गरिएको छ । उक्त महोत्सवमा सोही स्कुलका नानीबाबुहरुले बिबिध सास्कृतिक कार्यक्रमहरुका साथै ‘यमराज भर्सेज पापीहरु’ नामक नाटक प्रस्तुत गरेका थिए ।
कागेश्वरी मनोहरका मेयर उपेन्द्र कार्कीको प्रमुख आतिथित्यमा सन्चालन भएको महोत्सवमा गायक भोजराज काफ्लेको उपस्थितले झनै सुनमा सुगन्ध थपिएको हो । कार्यक्रममा संगीत र नृत्यका साथै चर्चित कलाकारहरुको गाईजात्रे नाटक पनि मञ्चन गरिएको थियो । त्यसैगरी जादूगर राजेन्द्र गिरिले आफ्नो अद्भूत जादु प्रदर्शन गरेर कार्यक्रमलाई अझै भव्य र आकर्षित बनाउनु भयो ।
निर्देशक सुरेन्द्र क्षेत्रीले निर्देशन गर्नु भएको गाईजात्रा महोत्सव कार्यक्रममा आफ्नो क्षेत्रमा योगदान दिनु भएका कलाकार तथा मिडियाकर्मीहरुलाई सम्मान स्वरुप मायाको चिनो समेत प्रदान गरिएको थियो ।
यो स्कुलले हरेक बर्ष गाईजात्रा महोत्सव गर्दै आइरहेको छ । आफ्नो देशको कला र परम्परालाई बचाइ राख्नको लागि यो महोत्सव आयोजना गरिएको यस स्कुलकी प्रन्सिपल रेखा खनालले जानकारी दिनु भयो । आगामी दिनहरुमा पनि देशको सस्कृतिको संरक्षणका निमित यस्ता कार्यक्रमहरु संचालन गरिरहने स्कूलको दाबि छ ।