
निर्देशक सुरेन्द्र क्षेत्रीको निर्देशनमा दर्शना स्कुलले नाटक ‘बिसे नगर्ची’ मञ्चन गरेका छन् । भारतको उडिसामा भइरहेको नाटक महोत्सवमा दर्शना स्कुलका नानी बाबुहरुले भदौ २२ गते शुक्रबार राति ८ बजे ‘बिसे नगर्ची’ मञ्चन गरेका हुन् । नाटकका लेखक भिमनिधी तिवारी हुन् ।
राजा पृथ्वीनारायण शाहले नुवाकोट आक्रमणमा भोगेको लज्जास्पद हार र अब के गर्ने , के कारणले हारियो, अब के गर्दा ठिक होला आदि जस्तो कुरा नाटकमा देखाएको थियो । यस नाटकमा पृथ्वीनारायण शाहको भुमिकामा बिश्वास उलक ज्यवलाले अभिनय गरेका थिए भने निकेश पौडेलले बिसे नगर्चीको भुमिकामा साथै नाटकमा आभास दाहाल , सगर पौडेल , सुदिप माझी , प्रकाश कार्की , आरुशी श्रेष्ठ, रोशनी खड्का , सम्पदा सिह रिमाल , रिद्धी पौडेलको समेत उत्कृष्ट अभिनय गरेका थिए ।
‘आफ्नो देशको इतिहास अरुलाइ देखाउन पाउँदा सार्है गर्ब महशुस भएको छ’ निर्देशक सुरेन्द्र क्षेत्री भन्नुहुन्छ । महोत्सवमा यो नाटकलाई सबैले मन पराएका थिए । नानी बाबुहरुको अभिनयको सबैले तरिफ गरेका थिए । दर्शना स्कुलले आफ्नो विद्यार्थीलाई किताबको किरा मात्रै बनाउदैन विद्यार्थीहरु को सीप र क्षमतालाई पनि उचित मूल्यांकन गरेर यस्तो महोत्सवहरुमा हरेक बर्ष सहभागी गराउछौ भनेर यस स्कुलको प्रिन्सिपल बिनोद थापा मगरले हामीलाई जानकारी दिनु भएको छ । दर्शन स्कुलले हरेक बर्ष आफ्नो विद्यार्थी हरुलाइ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नाटक महोत्सवहरुमा सहभागी गराउदै आइरहेको छ ।